राजनीतिक सिद्धान्तमात्रै नभई सामाजिक न्यायका लागि मार्गदर्शन: पूर्व राष्ट्रपति

काठमाडौँ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनबाद राजनीतिक सिद्धान्त मात्र नभइ सामाजिक न्यायको मार्गदर्शन भएको बताउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशनद्धारा प्रकाशित राज्य समाज र विकास नामक जर्नलको विमोचन कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद राजनीतिक सिद्धान्तमात्रै नभई सामाजिक न्यायका लागि मार्गदर्शन भएको बताउनुभयो ।
समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेकपा एमाले पनि जनताको बहुदलीय जनवादकै सिद्धान्त अनुसार अगाडि बढेको उहाँको भनाई छ ।
कार्यक्रममा पूर्वराष्ट्रपति बिमोचन गरिएको जर्नलमा १० वटा विभिन्न आर्टिकलहरु रहेको छ जसमा नेपालको बमपन्थी, लोकतान्त्रि आन्दोलनदेखि लिएर औद्योगिक क्रान्तिसम्मको सामाग्रीहरु समेटिएका छन् ।
कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष उषा किरण भण्डारीले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनबादलाई विकास क्षेत्रमा मूलधारिकरण गर्नको लागि यो जर्नल अंग्रेजी भाषामा प्रकाशित गरिएको र विभिन्न शैक्षिकसंस्था तथा विश्वविद्यालयसम्म लैजानको लागि शिक्षा मन्त्रालयसंग समन्वय भइरहेको समेत जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्