हसनापुरमा मकै भण्डारण गृह निर्माण

दाङ — कृषकले उत्पादन गरेको मकैलाई सुरक्षित रूपमा भण्डारण गरी बजारीकरणमा सहजता ल्याउने उद्देश्यले दाङको लमही नगरपालिका–७ हसनापुरमा मकै भण्डारण गृह निर्माण गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यक्रम अन्तर्गत सो भण्डारण गृह निर्माण गरिएको हो । परियोजनाको ८५ प्रतिशत र कृषकहरूको १५ प्रतिशत लागत साझेदारीमा कुल १७ लाखमा मकै भण्डारण गृह निर्माण गरिएको परियोजना कार्यान्वयन एकाइ लमहीका प्रमुख लज्यबहादुर चौधरीले बताउनुभयो । ९० मेट्रिक टन क्षमता रहेको मकै भण्डारण गृह अबको केही महिनामै सञ्चालन गर्ने तयारी भइरहेको पनि परियोजना कार्यान्वयन एकाइ प्रमुख चौधरीले जानकारी दिनुभयो ।

देउखुरी क्षेत्रमा सञ्चालित मकै सुपर जोन कार्यक्रम मार्फत कृषकले प्रशस्तै मात्रामा मकै उत्पादन गर्दै आएका छन् । यस भण्डारण गृहले कृषकको उत्पादनको मूल्य संरक्षणमा सहयोग पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.