घरमै सामाजिक सुरक्षा भत्ता
सेवाग्राही निकै खुसी

नुवाकोट- बर्खाको समयमा सेवाग्राहरुहरुको सुविधाका लागि नुवाकोटको विदुर नगरपालिकामा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गरिएको छ । यस वाट लाभग्राहीहरू निकै खुसी भएका छन् ।
विदुर २ वडा कार्यालयले लाभग्राहीहरूको सुविधाको लागि घरमै पुगेर सेवा प्रदान गरेको छ । वडा कार्यालय शनिवार पनि खोलेर सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण गरिएको वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।
उहाँका अनुसार सामाजिक सुरक्षा बापतको भत्तामा सूचीकृत अति अशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैङ्कका कर्मचारीलाई बोलाएर घरमै पुगेर सामाजिक सुरक्षा अन्त्रगतको भत्ता वितरण गरिएको वडाध्यक्ष कायस्थले जानकारी दिए । उहाँहरू बैङ्कमा पुगेर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले सवन्य गरेर घरमै गएर भत्ता वितरण गर्न थालेका हौँ,’ वडाध्यक्ष कायस्थले अगाडि भन्नुभयो, ‘यसले उहाँहरुलाई सहज भएको छ ।’
उनका अनुसार शारीरिक अपाङ्गता, अति अशक्त, ज्येष्ठ नागरिकसहित एक सय २० जनालाई शनिवार घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेसमेत उनले बताए ।
वडा कार्यालयले चौथो त्रैमासिक अन्तर्गत ज्येष्ठ नागरिकलाई मासिक ४ हजारका दरले १२ हजार हजार वितरण गरिएको हो । विदुर–२ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बट्टार शाखाले विदुर नपा अन्तर्गत २ नं. वडाको सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्