बाढीले कटान गरेको सडक दुवै तर्फ बाट निमार्णको काम हुँदै

रसुवा – रसुवामा गत २४ गते मङ्गलवार बिहान चीनको लेन्दे खोलाबाट आएको बाढीले कटान गरेको सडक दुवै तर्फ बाट काम गरी अस्थायी रूपमा भए पनि संन्चालनमा ल्याउने गरी काम भई रहेको छ । रसुवागढी जलविद्युत आयोजनाको स्काभेटर सहित आज बाट चार वटा स्काभेटर प्रयोग गरी निमार्ण र मर्मतको काम गरिने आयोजनाले जनाएको छ ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाले बाढीले चीनको लेन्दे खोला बाट असार २४ गते बिहान करिब ३ बजे आएको भीषण बाढीले कटान गरेको सडक निमार्ण तथा मर्मतको दुवै तर्फ बाट काम तब्रि गतिमा अगाडि बढाइएको छ ।
स्याफ्रुबेसी देखि रसुवागढी सम्मको सडक अन्तर्गत रोङ्गा नजिकै बाट निमार्ण तथा मर्मतको काम सुरु गरिए दुई दिन पछि आज बाट टिमुरेमा पनि काम सुरु गरिए पछि दुवै तर्फ सडक निमार्णको काम गरिएको हो ।
गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका इन्जिनियर रूप नारायण पौडेलका अनुसार रसुवागढी जलविद्युत आयोजनाको स्काभेटर प्रयोग गरी टिमुरे तर्फको बाढीले कटान गरेको सडक निमार्ण गरिएको हो ।
स्याफ्रुबेसी देखि रसुवागढी सम्मको अब तीन देखि चार स्थानमा कटान गरेका भागहरूमा दुवै तर्फ बाट काम गरी अस्थायी रूपमा भए पनि छिटै यातायात संन्चालमा ल्याउने उहाँको भनाई छ ।
नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फ बाट पनि कटान गरेका भागहरूको मर्मत तथा लेन्दे खोलामा बेलिबृज निमार्णका लागि चार वटा स्काभेटर प्रयोग गरी स्टक्चर बनाउने काम भई रहेको गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाले जनाएको छ । आशा छ छिट्टै बेलिबृज निमार्ण गरी दुवै तर्फ यातायात संन्चालन हुने छ ।






प्रतिक्रिया राख्नुहोस्