परम्परागत चकटी र मुढा सरकारी कार्यालयसम्म

मकवानपुर- नेपाली समाजमा घरेलु प्रयोजनमा प्रयोग हुँदै आएको परम्परागत चकटी र मुढा अब सरकारी कार्यालयहरूमा पनि देखिन थालेका छन् । स्थानीय सीप र संस्कृतिको संरक्षणमा जोड दिंदै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले यो अभियान सुरु गरेको हो ।

नगरपालिकाको कार्यकक्ष, नगर परिसरमा रहेको चौतारी र प्रतिक्षालयमा मकैको खोस्टाबाट बनाइएका चकटी र बाँसको मुढा राखिएको छ ।

परम्परागत सीपको संरक्षण, स्थानीय उत्पादनको प्रोत्साहनका लागि चकटी र मुढा जस्ता परम्परागत सामग्रीलाई संस्थागत रूपमा प्रयोगमा ल्याइएको उपमहानगरप्रमुख मिना कुमारी लामाले बताउनुभयो ।

यसले संस्कृति जगेर्नासँगै स्वरोजगार र वातावरणीय सन्तुलनमा पनि टेवा पुर्‍याउने उहाँको विश्वास छ । उपमहानगरको १९ वटै वडामा चकटी र मुढाको प्रयोग बिस्तार गर्ने तयारी गरेको छ । हाल उपमहानगरपालिकाको चौतारी तथा प्रतिक्षालयमा राखिएका मुढा र चकटीले सेवाग्रहीलाई बस्न सहज बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.