कस्टम हाई रिङ सेन्टरले बढायो कृषिमा यान्त्रिकीकरण

दाङ — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दाङको लमही नगरपालिका–८ सत बरियामा स्थापना गरेको कस्टम हाई रिङ सेन्टरले कृषिमा यान्त्रिकीकरणको विस्तार गर्दै कृषकको जीवनशैलीमा परिवर्तन ल्याइरहेको छ। सहुलियतदारमा आधुनिक यन्त्र उपलब्ध भएपछि कृषकको प्रविधिप्रतिको आकर्षण बढेको छ भने मकै, गहुँ र धानको उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै सुपर जोन र सत वरिया कृषि सहकारी संस्थाको ५०–५० प्रतिशत लगानीमा कस्टम हाई रिङ सेन्टर सञ्चालनमा आएको हो । हाल सो केन्द्रमा मकै छर्ने, गोड्ने, छोडाउने, धान रोप्ने, काट्ने, छाँट्ने लगायतका कृषि यन्त्रहरू छन्। यी यन्त्रहरू कृषकले सहुलियत दरमा भाडामा लिएर प्रयोग गर्दै आइरहेका छन्।

सत वरिया कृषि सहकारीका व्यवस्थापक मनि राम चौधरीका अनुसार उपकरणको प्रयोगले यस क्षेत्रको मकै बालीको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुगेको छ। “पहिले थोरै मात्र बिउ उत्पादन हुने यो क्षेत्रमा अहिले बसन्ते मकै १०० बिघा र वर्षे मकै ५०० बिघाभन्दा बढीमा उत्पादन भइरहेको छ,” चौधरीले भन्नुभयो ।

परियोजनाको मकै सुपर जोन कार्यान्वयन एकाइ, लमहीका प्रमुख लक्ष्यबहादुर चौधरीका अनुसार यान्त्रीकरणको प्रवर्धनले उत्पादन लागत घटाउनुका साथै कृषकलाई टिकाइराख्न मद्दत पुगेको छ।

त्यसै गरी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले कस्टम हाई रिङ सेन्टर थप विस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्दै यसको विस्तारले कृषकको श्रम, समय र लागत घटाउँदै उत्पादनशीलता वृद्धि गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.