खेतको आलीमा लडेर वालकको ज्यान गयो

नुवाकोट- नुवाकोटको पूर्वी भेगमा रहेको भद्रुटारका एक वालकको खेतको आलीमा लडेर ज्यान गएको छ । पञ्चकन्या गाउँपालिका ५ भद्रुटार घर भएका वालकको आफ्नै खेतको आलिबाट लडेर ज्यान गएको हो ।

स्थानीय ११ वर्षीय वालक मनिष गिरी भद्रुटारस्थित घरनजिकको खेतको आलीबाट लडेर गम्भीर  घाइते भएका थिए । उनको टोखास्थित  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छिमेकी दीपक कार्कीले जानकारी दिनुभयो ।

मृतक वालक गिरी काठमाडौंको तारकेश्वरस्थित कौशल अङ्ग्रेजी विद्यालयको कक्षा पाँचमा अध्ययनरत थिए । स्कुल बिदा भएका समयमा घर आएका वेला घटना भएको कार्कीले बताउनुभयो ।

मृतकका वावु उद्धव गिरी वैदेशिक रोजगारीका क्रममा डेढ महिना अगाडि मात्र साउदी अरेबियामा रहेको र आमाको १० वर्ष अगाडि विनाशकारी भूकम्पमा परेर ज्यान गएको परिवारजनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.