‘एनटिभी वर्ल्ड’ छिट्टै सञ्चालन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ चाँडै सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनको निरीक्षण भ्रमणका क्रममा मन्त्री गुरुङले एनटिभी वर्ल्डको तयारीवारे आज जानकारी लिँदै सो निर्देशन दिनुभएको हो ।

मन्त्री गुरुङले नेपाललाई विश्वसँग जोड्न एनटिभी वर्ल्डले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नुहुँदै यसको सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

सञ्चार तथा सूचना मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वल्र्डका कार्यक्रमहरु प्रस्तुत गर्न सुझाव दिनुभयो । साथै उहाँले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टले एनटिभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापन लागि परेको जानकारी दिनुभयो । अध्यक्ष डाक्टर विष्टले मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको बताउनुभयो ।

कार्यक्रममा एनटिभी वर्ल्डका प्रमुख डा टङ्क उप्रेती, बरिष्ट समाचार सम्पादकहरु देवेन्द्र सुवेदी, शिवानी थापा बस्नेत र शिक्षा भट्टराईले एनटिभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रस्तुति एनटिभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण संचालक समितिका सदस्यहरुको सहभागिता थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.