रिचोकटार बृहत् खाने पानी आयोजना सुरु भएको वर्षौँ बित्दा समेत आयोजनाको काम ले गति लिन सकेन

धादिङ – धादिङको बेनी घाट रोराङ्ग गाउँपालिका स्थित मलेखु रिचोकटार बृहत् खाने पानी आयोजना सुरु भएको वर्षौँ बित्दा समेत आयोजनाको काम ले गति लिन सकेको छैन । निर्माण भएका संरचनाहरू पनि लथालिङ्ग अवस्थामा रहेको छ ।

आयोजनाको काम सुरु भएको पाँच वर्ष बित्ती सक्यो पानी आउने कुनै छेक छन्द नै छैन । हालसम्म आयोजनाको काम चाली प्रतिशत पनि सकिएको छैन । बेनी घाट रोराङ्ग गाउँपालिका विकट क्षेत्र झिरुवासको खानी खोलाबाट मलेखुसम्म पिउने पानीको लागी सो आयोजना सुरु गरेको हो । कामको जिम्मा लिएको निर्माण कम्पनीले गरेको ढिला सुस्ती र लापरबाहीका कारण रिचोकटार मलेखु बृहत् खाने पानी आयोजनाको काम अगाडि बढ्न सकेको छैन ।

बेनी घाट रोराङ्ग गाउँपालिकाको विकट क्षेत्र झिरुवासको खानी खोला देखी मलेखुसम्म पिउने पानी ल्याउनका लागी खोलामा पाइप विच्छाईएको छ । खोलामा विच्छाईएको पाइप अहिले लथालिङ्ग अवस्थामा रहेको छ । पानी ल्याउने मुहान समेत व्यवस्थित रूपमा निर्माण गरिएको छैन ।

कमसल निर्माण सामग्रीको प्रयोगका कारण निर्माण भएको पानी सङ्कलन गर्ने ट्याङ्कीहरू समेत जीर्ण बन्दै गएको छ । सो खाने पानी आयोजनाले पानी ल्याउनका लागी राखिएका सबै पाइप समेत काम नै नलाग्ने अवस्थामा पुगी सकेको छ भने निर्माण सामग्री यत्रतत्र छरिएको अवस्थामा रहेको छ । बेलैमा पिउने पानीको व्यवस्थाका लागी सरोकारवाला निकायले बेवास्ता गरेको आरोप लगाएका छन् । पानीको मुहान भनी खानी खोलामा निर्माण गरेको संरचना समेत भत्कन सुरु भई सकेको छ ।

करिब एक हजार घर परिवारका लागी स्वच्छ पिउने पानीको व्यवस्था गर्न सङ्घीय खानेपानी तथा ढल सरसफाइ आयोजना डिभिजन कार्यालय भरतपुरले सो आयोजनाको काम सुरु गरेको हो ।

यदि आयोजना सफल भएको खण्डमा बेनी घाट रोराङ्ग गाउँपालिका स्थित रिचोकटार खानी गाउँ, माथिल्लो कात्राक र तल्लो कात्राका गरी करिब एक हजार घर परिवारले खाने पानी उपभोग गर्ने पाउनेछन् ।

सङ्घीय खाने पानी तथा ढल सरसफाइ आयोजना डिभिजन कार्यालय भरतपुरले २०७८सालमा तिन वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी १४ करोडको लागतमा कृपा प्रेरा निर्माण कम्पनीलाई संयुक्त रूपमा निर्माणको जिम्मा दिइएको हो । मलेखु स्थित रिचाकेटारमा पिउने पानी ल्याउनका लागी करिब सत्र किलो मिटर टाढा खानी खोला देखी मेन पाइपलाई गाड्नु पर्ने छ भने वितरण लाइन समेत गरी २९ किलोमिटर पाइप लाइन विस्तार गर्नु पर्ने छ । पाइप लाइनको काम पनि लथालिङ्ग अवस्थामा रहेको छ । निर्माण कम्पनीले भने साठी प्रतिशत काम सम्पन्न भई सकेको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.