काभ्रेमा अनलाइन सट्टाबाजीमा संलग्न ५ जना पक्राउ

 काभ्रे – काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित एक रिसोर्टमा अनलाइन सट्टाबाजी सञ्चालन भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार, सोमबार दिउँसो करिब २:३० बजे ‘नाल्दुम भिलेज रिसोर्ट एण्ड ग्रिन पिस रेस्टुरेन्ट’ मा छापा मारिएको थियो। घटनास्थलबाट ५ थान ल्यापटप र १८ थान मोबाइल फोन बरामद गरिएको छ, जुन अनलाइन जुवा खेल्न प्रयोग गरिएको बताइएको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर र काठमाडौँका २४ देखि ३२ वर्ष उमेर समूहका दिगज नकर्मी, सञ्जीव कुशी, रोशन प्रजापति, एलिस कुश्म र रोजन महर्जन रहेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मीनबहादुर घलेका अनुसार, उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.