चितवनमा संरक्षित सालकको खपटा सहित पाँच जना पक्राउ

चितवन – संरक्षित वन्यजन्तु सालकको खपटा (आखेट पहार) ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्जको टोलीले पाँच जनालाई पक्राउ गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले असार ३० गते साँझ ६:४५ बजे रत्न नगर नगरपालिका–९ स्थित टिकौली वन नजिकै नियन्त्रण गरेको थियो ।

उक्त स्थानबाट सालकको खपटा तथा तीन वटा मोटरसाइकलसहित पाँच जना पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट संरक्षित वन्यजन्तु तस्करीमा संलग्न हुन सक्ने आशङ्कामा थप अनुसन्धान अघि बढाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु तथा तिनका अङ्गहरूको अवैध तस्करी र ओसारपसार नियन्त्रण गर्न निरन्तर निगरानी तथा कारबाही जारी राखेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.