पार्टीमा मेरो भूमिका र जिम्मेवारी के हुने केन्द्रीय कमिटीको निर्णयमा भर पर्छ- पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा रहेर देशको सेवा गर्ने निर्णयका साथ नेकपा एमाले सदस्यता नविकरण गरेको दोहोर्याउनु भएको छ ।
मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको ७५औ जन्मजयन्तिको सन्दर्भमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले पार्टी केन्द्रीय कमिटिले दिएको जिम्मेवारी अनुसार सकृय भएर पार्टीको काम र देशको सेवामा लाग्ने वताउनुभयो ।
उहाँले पार्टी महाधिवेशन अगाडी केन्द्रीय कमिटीले गरेको निर्णय नै सबैभन्दा ठुलो हुने भएकाले कमिटिको निर्णय अनुसार अगाडी बढ्ने वताउनुभयो । उहाँले पार्टीमा आफ्नो जिम्मेवारी र भुमिका के हुने भन्ने विषय पार्टी केन्द्रीय कमिटीको निर्णयमा भर पर्ने बताउनु भयो ।
मदन भण्डारी भण्डारीको ७५औ जन्मजयन्ति मनाउन फाउण्डेशनले वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा ७५ सदस्सीय मुल समारोह समिति गठन गरेको छ ।
फाउण्डेशनले ७५औ जन्मजयान्ति २०८२ र २०८३ भरी विचार गोष्ठी, छलफल, अन्तरक्रिया, हाजिरी जवाफ खेलकुद प्रतियोगिता जस्ता बिभिन्न रचनात्मक क्रियाकलाप गरेर २०८४ सालमा सम्पन्न गर्ने जानकारी दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्