खरको छानो मुक्त अभियानले धादिङमा सार्थकता पाउँदै

धादिङ – बागमती प्रदेश सरकारले सुरु गरेको खरको छानो मुक्त अभियानले धादिङमा सार्थकता पाएको छ ।
विशेष गरी चेपाङ समुदायका मानिसहरूका लागी दक्षिणी धादिङको विकट वस्तिहरूमा भूकम्प पछि सरकारले खरको छानो हटाई जस्ताको छाने लगाउने अभियान नै सुरु गरेको हो । यसै अनुरूप पनि गत तिन वर्षको अवधिमा बेनीघाट रोराङ्ग गाउँपालिकामा दुई हजार आठ सय घर धुरी मध्य दुई हजार चार सय र गजुरीमा एक हजार तिन सय ७१ घरमा गरी तिन हजार सात सय ७१ घर खरको छानो मुक्त बनाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लाका अधिकांश ग्रामीण बस्तीहरूमा बसोबास गर्दै आएका गरिब घर परिवारले सरकारको सहयोगमा जस्ताको छानो लगाएका हो ।
विशेष गरी गरिब, सीमान्तकृत र लोपोन्मुखका साथै समाजबाट पछाडि पारिएका चेपाङ समुदायको परिवर्तनका लागी सरकारले खरको छानो मुक्त अभियान सुरु गरेको हो । यसै अनुसार दक्षिणी धादिङको गजुरी, बेनीघाट रोराङ्गलगाएत थाक्रे ,शिद्धलेक गाउँपालिकाका करिब नब्बे प्रतिशत घरमा खरको छानो हटाई सरकारले जस्ताको छाना लगाउने काम सम्पन्न गरेको छ ।
दक्षिणी धादिङमा बसोबास गर्ने चेपाङ समुदायका मानिसहरूको घरको अवस्था घोचे बारले नै निर्माण गरेको भए पनि खरको छानो हटाई जस्ता भने लगाएको छ । ती सबै जस्ता सरकारले नै उपलब्ध गराएको चेपाङ समुदायका मानिसहरूको भनाई छ । यसले केही हदसम्म भए पनि राहत मिलेको उनीहरू बत्ताउँछन् । अझै उनीहरूलाई व्यवस्थित घर निर्माण गरिदिनु पर्ने माग चेपाङ समुदायका मानिसहरूको छ ।
यसै गरी अब सबै गरिब र विपन्न वर्गका मानिसहरूको घर घरमा बिजुली बत्ती र खरको छानो मुक्त बनाउन योजना स्थानीय तहको रहेको छ । गत आर्थिक वर्षमा नै खरको छानो भएका सबै घरहरू जस्ता पातको छानो लगाउने योजना स्थानीय तहको रहेको थियो ।
गजुरी, बेनीघाटलगाएत शिद्धलेक र थाक्रो गाउँपालिकाका दुर्गम स्थानहरूमा बसोबास गर्ने विपन्न वर्गका मानिसहरूलाई सरकारको यो अभियान निकै प्रभावकारी भएको बुझाई छ ।






प्रतिक्रिया राख्नुहोस्