गोरखामा सिसी आईएमएस प्रणाली मार्फत नागरिकता

गोरखा – गृह मन्त्रालयले प्रयोगमा ल्याएको सिसीआईएमएस प्रणाली मार्फत सिफारिस नआएको खण्डमा आउँदो साउन १ गते देखी नागरिकता नबन्ने भएको छ ।
कार्यालयले गोरखाको सबै स्थानीय तहलाई यस अधि नै पत्राचार गरी नागरिकता बनाउने ब्यक्तीको सिसीआईएमएस प्रणाली मार्फत सिफारिस गर्न भनेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो।
कार्यालयले एक सूचना जारी गर्दै साउन १ गते देखी सिसीआईएमएस प्रणाली मार्फत सिफारिस नआउने ब्यक्तीको नागरिकता बनाउन नसक्ने जनाएको हो ।
जारी सूचनामा ‘सबै स्थानीय तहहरूको वडा स्तरबाट नै अनलाइन प्रणाली मार्फत नेपाली नागरिकताको सिफारिस गर्ने गरी गृह मन्त्रालयले प्रयोगमा ल्याएको ऋऋक्ष्ःक् क्थकतझ गोरखा जिल्लामा मिति २०८२ असार २ गते देखी अनिवार्य अनलाइन सिफारिस भई सक्दा समेत केही वडाहरूबाट अझैपनी प्रणाली मार्फत सिफारिस नआएको’ कुरा उल्लेख गरेको छ ।
सोही सूचनामा ‘मिति २०८२ साउन १ गते देखी प्रणाली बाहेकका सिफारिस भई आएमा नागरिकता जारी गर्न नसकिने ब्यहोरा अनुरोध छ’ भनिएको छ ।
नेपाली नागरिकता लिनकालागी वडा स्तरबाट लिइने सिफारिस पहिला सिसीआईएमएस प्रणालीमा प्रविष्ट गर्नुपर्ने र सोही सिफारिस नेपाली कागजमा प्रिन्ट गरी पठाउनु पर्ने व्यवस्था गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो ।
यो प्रणाली अन्तर्गत अन्य स्थानीय तहले सिफारिस गरेको भएता पनि गोरखा नगरपालिकाको कुनै पनि वडाले अहिलेसम्म सिसीआईएमएस प्रणाली मार्फत सिफारिस नगरेको उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्