मधेसमा मनसुन सक्रिय
मधेस प्रदेशमा लामो समयपछि पानी पर्न सुरु

काठमाडौँ – खडेरीले आक्रान्त रहेको नेपालको मधेस प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ ।
मधेस नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेसमा पानी पर्न शुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार रातिदेखि नै मधेस प्रदेशका आकाशमा बादल लाग्न सुरु भइसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।
मधेसमा यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका अधिकांश भूभागमा पानी पर्न सकेको थिएन । अब मधेसमा लगातार जसो नै पानी पर्ने प्रणाली विकसित हुँदै गएको मौसमविद्हरुको भनाइ छ ।
मधेश सहित तराइका दक्षिणी भेगमा यस बर्ष सरदर भन्दा कम पानी पर्ने भएकाले पानी परेको बेला संग्रह गरेर चाहिएको बेला प्रयोग गर्न विज्ञहरुले सुझाउ दिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्