सर्लाहीमा डुबेर बालकको मृत्यु

सर्लाही – हरिपुर नगरपालिका–१, जानकी नगरमा सडक बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जानकी नगरका दिनेश यादवको छोरा छ वर्षीय सुशान्त यादवको पानीमा डुबेर मृत्यु भएको हो । हिजो बिहान १० बजेदेखि बेपत्ता भएका बालकलाई गए राति ११ बजेतिर सडक निर्माणको लागी खनिएको खाल्डोमा जमेको पानीमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्