स्थानीय सरकार समृद्ध नेपाल निर्माणका लागि आधरस्तम्भ: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय सरकारहरू समृद्ध नेपाल निर्माणको लागि आधरस्तम्भ रहेको बताउनु भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाको आज आयोजना गरेको  आ.व. २०८२/८३ को वार्षिक नगर विकास योजना तथा आ.व. २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक कार्यक्रमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा स्थानीय तहको ठूलो भूमिका महत्व पूर्ण हुने बताउनु भयो ।

कृषि, पर्यटन, व्यापार व्यावसाय र सेवाका अन्य क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारसँग बलियो सम्बन्ध बनाउन स्थानीय तह अग्रसर हुनु पर्छ भने प्रदेश र केन्द्र सरकारले समेत यसमा सहयोगी बन्नुपर्नेमा धाराणा उहाँले राख्नु भयो ।

संविधानले दिएको अधिकारको प्रयोग गर्दै नगरपालिकाहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिमार्फत प्रत्यक्ष जवाफदेहिता कायम गर्दै जानुपर्नेमा जोड दिदै पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ”योजनाको प्रभावकारिता त्यसबेला मात्र पुष्टि हुन्छ, जब नागरिकहरूले यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन्” ।

देश सेवाका लागि आफु पुन: एमाले पार्टी सदस्यता नविकरण गर्दै पार्टी राजनीतिमा फर्किएको घोषणा पछि पूर्व राष्ट्रपति भण्डारी विभिन्न औपचारिक एवम सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुँदै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.