भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला सुरु

भक्तपुर- धार्मिक तथा पर्यटकीयस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा श्रावण १ गते अर्थात आजदेखि श्रावणी मेला सुरु भएको छ । ३८ दिनसम्म चल्ने मेलामा सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि व्यवस्थि दर्शनको व्यवस्था मिलाएको संरक्षण तथा विकास समितिले जनाएको ।

भिडभाड अधिक हुने भएकाले ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानीलगायतको बन्दोबस्ती मिलाएको अध्यक्ष धर्मराज बस्नेतले बताउनु भयो । यो बर्षको मेलामा ४० लाख भन्दी बढी भक्तजनहरुले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने अनुमान गरिएको छ ।

गत बर्ष पनि यतिकै हाराहारीमा भक्तजनहरु आएका थिए । अहिलेको मेलामा २ करोड बराबरको रकम संकलन हुने जनाइएको छ । श्रावण १ गते विहान डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिएको हो । मेलामा करिब २५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । मेला भाद्र ६ गतेसम्म लाग्नेछ । अहिले दर्शनार्थीको भिड लाग्न थालेको छ ।

मन्दिर परिसरमा दर्शनार्थीको भिड बढ्ने भएकाले मेला व्यवस्थापनव्यवस्थित, सुरक्षित र सव्य बनाउन विभिन्न उप समिति गठन गरिएको हरिशरण लामिछानेले बताउनु भयो । मेलालाई भव्य बनाउन संघसंस्था, टोल सुधार समिति र महिला समूहहरुसँग समन्वय गरिएको छ ।

मेलाभर विभिन्न मितिहरुमा धार्मिक प्रवचन र भजनकीर्तनको आयोजना गरिनेछ । साउन ३, ५, १०, १२, १७, १९, २४, २६, ३१ गते तथा भदौ ६ गते विभिन्न धर्मगुरु र कलाकारहरुद्वारा कार्यक्रम प्रस्तुत हुनेछन् । भदौ ६ गते सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यमा मेलाको समापन गरिनेछ ।

मन्दिर परिसरमा सिसीटिभी जडान गरिएको छ भने शान्ति सुरक्षाका लागि जिल्ला प्रहरी परिसर, जगाती प्रहरी वृत्त र डोलेश्वर प्रहरी चौकीबाट प्रहरी खटाइने छ । ट्राफिक व्यवस्थापनका लागि सल्लाघारी ट्राफिक प्रहरीको सहयोग लिइएको छ ।

दर्शनार्थीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन रणशेर गण र विभिन्न अस्पतालहरुसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।

साथै, भक्तजनलाई सहज सेवा पुर्‍याउन स्वयंसेवक परिचालन गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।केदारनाथको शिरको रुपमा २०६६ सालमा घोषणा भएपछि डोलेश्वर महादेवको धार्मिक गरिमा झनै बढेको छ । साउन महिनाभर लाखौं भक्तजन डोलेश्वर पुग्ने गर्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.