आजदेखी बिपी राजमार्गमा रात्रीकालिन सवारी सञ्चालनमा रोक

सिन्धुली- आजदेखी बीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा प्रशासनले रोक लगाएको छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज साउन १ गतेदेखि सिन्धुली र काभ्रेको सिमाना नेपालथोकदेखि काभ्रेको काभ्रेभञ्ज्याङसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन काभ्रे प्रशासन रोक लगाइएको हो ।
काभ्रे र सिन्धुली सहितका सुरक्षा निकाएका सुरक्षा समितिको बैठकले मनसुन सक्रिय रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै एक महिना अगाडिबाटै रातिमा सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो ।
यही असार ६ गते सिन्धुलीको मुलकोटमा बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बिपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६:३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वाज सुबेदीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक सुबेदीका अनुसार मालबाहक सवारी भने रोकिने छैन । हामिले यात्रुबाहक सवारीलाइ मनसुनजन्य जोखिमका कारण रोक्ने निर्णय गरेका हौ, अब यात्रुबाहक सवारीले सिन्धुलीको खुर्कोटबाट पाँच बजेभित्रै काभ्रेतर्फ गैसक्नुपर्नेछ पाँच बजेपछि खुर्कोटमै रोकिने छ, उहाँले भन्नुभयो ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत सिन्धुलीको बर्खेखोलादेखि काभ्रेपलाञ्चोकको चौकीडाँडासम्म आठ किलोमिटर सडकखण्डमा पूर्णरुपमा क्षति भएको थियो ।
उक्त सडक खण्डमा रातिको समयमा सवारी चलाउँदा जोखिम हुने भन्दै प्रशासनले रोक लगाएको हो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो ।
मनसुनजन्य जोखिम आएमा उद्दार गर्न रातिको समयमा कठिनाइ हुन्छ प्रहरी प्रमुख सुबेदीले भन्नुभयो, ठाउँठाउँमा लेदो र पहिरो आएर पटक पटक राजमार्ग अबरुद्ध भैरहेको छ, त्यसैले पाँच बजेभित्रै सवारी खुर्कोटबाट पास भैसक्नु पर्छ ।
खुर्कोटबाट बाढिले क्षति गरेको सडक पार गर्न झन्डै तीन घण्टा लाग्छ त्यसैले पाँच बजेपछि जाँदा धेरै राती हुने भएकाले त्यस अगावै खुर्कोटमै सवारी रोक्ने जिल्ला बिपद व्यवस्थापन समितिले निर्णय गरेर पठाएका छौं उहाँले भन्नुभयो । आजदेखि बिपि राजमार्गमा राती १२ घण्टा यात्रुबाहक सवारी रोकिने छ ।






प्रतिक्रिया राख्नुहोस्