कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ: प्रधानमन्त्री ओली

तोकिएको समयमा सम्पन्न नहुँदा हर्जाना तिर्दै काम गर्दै निर्माण कम्पनी

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो।

प्रधानमन्त्री ओलीले समयमै निर्माण सम्पन्न नभएपछि जिम्मेवारी लिएका निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको जानकारी दिनु भएको छ ।

‘कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जाना तिर्दै काम गरिरहेको छ, तीन सिफ्टमा काम गर्दा पनि वर्षा लगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नुभएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.