श्रम र उत्पादनलाई सँगसँगै लैजान पूर्व प्रधानमन्त्री प्रचण्डको आग्रह

ललितपुर–  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग प्रगाढसम्बन्ध बनाएर श्रम र उत्पादनलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ ।
वाइसिएल नेपाल केन्द्रीय समितिले ललितपुरको सुनाकोठीस्थित बालकुमारी चौरमा आज आयोजित ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानको शुभारम्भ गर्नुहुँदै उहाँले अविरल वर्षा र बाढीपहिरोबाट हुने सम्भावित क्षतिलाई रोक्न सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,“ परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहेको छ, यसलाई असफल बनाउन सकिन्छ, युवाहरूको सहभागिता धेरै महत्वपूर्ण परिवर्तन हुन्छ, यसलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ ।”
‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान शुभारम्भ कार्यक्रममा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, बागमती प्रदेशका इन्चार्ज सरल सहयात्री, केन्द्रीय सदस्यहरु हरि दाहाल, राजकाजी महर्जन, दिपेश महर्जनलगायतका नेताहरुको सहभागिता रहेको थियोे ।
वाइसिएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अभियान देशभर साउन र भदौ महिनाभर सञ्चालन हुने जानकारी गराउँदै यो कार्यक्रम आजैबाट पचास वटा जिल्लामा सुरु भएको बताउनुभयो ।  उहाँले मुलुकको उत्पादन, श्रम र विपद् व्यवस्थापनलाई जोड दिएर वाइसिएल नेपालले काम गर्ने जानकारी गराउनुभयो ।
––––

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.