पहिरोले घर पुरिँदा वि.क. दम्पत्ति बेपत्ता

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर माथिवाट आएको पहिरोले एक घर पुरिदा वि.क. दम्पत्ति पुरिएर वेपत्ता भएका छन् ।

लाङ्दीस्थित छविलाल विश्वकर्माको एक तले घर पुरिँदा ७६ वर्षिय बृद्ध छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षिया विष्णुमती विक पहिरोमा पुरिनुभएको हो । उहाँकी बुहारी ३२ वर्षिया पवित्रा विक भने घरवाट पहिरो झर्ने वित्तिकै भागेर बच्न सफल हुनुभएको छ ।

आइतबार विहान ४ बजेको समयमा उक्त पहिरो गएको हो । पहिरोले घरको सबै भाग पुरेको स्थानीय वडाअध्यक्ष देवेन्द्र पौडेलले बताउनुभयो । सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।

अहिले पनि बर्षा निरन्तर भइरहेकोले खोजि कार्य गर्न कठिनाइ भइरहेको स्थानीइ चक्रबहादुर पुनले बताउनुभयो । सडक समेत अबरुद्ध भएका कारण समयमा सुरक्षाकर्मीको टोली त्यहाँ पुग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.