किमाथांका नाका उच्च प्राथमिकतामा :मन्त्री दीपक खड्का

सङ्खुवासभा – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथांका नाकालाई राष्ट्रिय महत्वको नाका भन्दै सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै उहाँले उक्त नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले विकासमा विशेष ध्यान दिइएको बताउनुभयो।

चीनले पनि किमाथांका नाकामा चासो देखाएको उल्लेख गर्दै मन्त्री खड्काले सडक सञ्जाल जोडिएपछि नाका पूर्ण रूपमा सञ्चालनमा आउने र त्रिदेशीय सम्बन्ध प्रगाढ बनाउन यसले भूमिका खेल्ने धारणा राख्नुभयो।

उहाँले भारतीय लगानीका जलविद्युत् आयोजना सञ्चालित रहेको स्मरण गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध आवश्यक रहेकोमा जोड दिनुभयो।

सिँचाइ तथा जलस्रोत आयोजनाले स्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको बताउँदै उहाँले मन्त्रालयमार्फत ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा सिँचाइ सचिव सरिता दवाडी , प्रदेश सांसद विदुर लिङ्थेप, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिहरूको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.