स्याङ्जामा फल्यो स्याउ

स्याङ्जा –  पछिल्लो समय स्याङ्जाका विभिन्न क्षेत्रमा परीक्षणका लागी लगाइएका स्याउहरू फल्न थालेसँगै केही किसानहरू स्याउ ख्यातितर्फ आर्कर्षीत भएका हुन । स्याङ्जाको भीर कोट ९ गहते चराङ्का स्थानीयले हिमाली क्षेत्रमा प्रभाव पर्ने ठाउँमा परीक्षणका लागी जिल्लामै पहिलो पटक स्याउ उत्पादन गरी बिकिगर्न सफल भएका हुन् ।

तिन बर्ष अगाडी स्याउको बिरुवा लागाउदा छोटो समयमानै राम्रो फल लागेको कृषक कृषक बताउँछन् । भूगोल अनुसार नभई फरक मौसममा पनि स्याउ फलेपछि स्थानीयहरू दङ्ग भएका छन् ।

गहते गाउँ समुद्री सतहदेखि उत्तरी भेगमा अवस्थित  १ हजार ५ सय मिटर उचाइमा रहेकाले हावापानी अनुकूल रहेको विज्ञहरू बताउँछन् । गुरुङले यसभन्दा अघि अकबरे खुर्सानी,भ्यान्टा,टमाटर,किवी र बाख्रा पालन गर्दै आएकोमा परीक्षणका लागि लगाइएको स्याउ राम्रो उत्पादन दिन थालेपछि व्यावसायिक रूपमा स्याउ उत्पादन गर्ने अठोटमा लागेका हुन । खादा स्वादिलो भएकोले उत्पादन भएको स्याउ बजारीकरणमा समस्या नरहेको कृषक इमान गुरुङको भनाई छ ।

घरै वाट प्रतिकेजी दुई सय पचासमा बिक्री हुँदै आएको स्याउको प्रकृति थाह नभएपनी स्वास्थ्यका लागी स्याङ्जाको स्याउ राम्रो रहेको कृषकको भनाई छ । जिल्लामा उत्पादन भएको स्याउको प्रकार थाह नभएकाले यसको गुणस्तर पत्ता लगाई व्यावसायिक रूपमा स्याउ खेतीका लागी प्रोत्साहन गर्ने कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । स्याउको सेवनले भिटामिन सी,फाइबर,पोटासियम पाइनुका साथै तौलमा सन्तुलन राख्ने गर्दछ । करिब ७२ घरको बसोबास रहेको गाउँका सबै स्थानीय पछिल्लो समय स्याउको व्यावसायिक खेती गरी बृहत्तर रूपमा अगाडि बढ्ने भिर कोट ९ का वडा सदस्य ललित गुरुङले बताउनुभयो ।

हिमाली क्षेत्रमा फल्ने स्याउ स्याङ्जामा फलेपछि यहाँका किसानहरूमा परम्परागत खेतीलाई छोडी स्याउ उत्पादन गर्न थालेपछि किसानहरू व्यावसायिक तर्फ लाग्ने देखिन्छ । स्याउ खेतीमा प्रोत्साहनका लागी सम्बन्धित निकायले चासो दिनु जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.