दीन दुःखीका छोराछोरी पढाउँदै अन्नपूर्ण बहु प्राविधिक

कास्की- कास्कीको ढिकुरपोखरी स्थित अन्नपूर्ण बहु प्राविधिक शिक्षालय दीन दुःखीका छोराछोरी पढ्ने शैक्षिक संस्थाका रूपमा विकास हुँदै गएको छ ।
शिक्षालय भर्ना भएका अधिकांशलाई त्यहाँ निःशुल्क पठनपाठनको व्यवस्था मिलाइँदै आइएको छ।
त्यहाँ अन्नपूर्ण गाउँपालिका क्षेत्रका विद्यार्थी भर्ना भएमा गाउँपालिकाले शिक्षण शुल्क पुरै तिरिदिने व्यवस्था मिलाइएको छ ।त्यस्तै मातृ शिशु प्रतिष्ठान नेपालले पनि २० जना छात्रालाई छात्रवृत्ति दिने गरी शिक्षालयसँग हालै सम्झौता गरेको छ।
कृषि जस्तो विषय सहरमा पढ्न प्रायः सम्भव छैन, काँडे पोखराबाट नजिकै पनि छ, यहाँ अधिकांश गरिवका छोराछोरी पढ्नुहुन्छ, उहाँहरू सबैले प्राय छात्रवृत्ति पाउनुहुन्छ नै, शिक्षालय प्रमुख ई.विकल अधिकारीले भन्नुभयो।
उक्त शिक्षालयमा हाल एसइई पछि डिप्लोमा ईन कृषितर्फ ३ वर्षे बाली विज्ञान साथै पशु विज्ञानको पढाई हुँदै आएको छ।
स्थानीय अञ्जना विक भाइबहिनीले घरछेउबाट प्राविधिक शिक्षा पढ्न पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ।
शिक्षालयमा हाल कास्की लगायत पर्वत, लमजुङ, म्याग्दी, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङका अधिकांश विद्यार्थी अध्ययनरत छन् ।
शिक्षालय स्थापनाका लागि करिब १० वर्ष अगाडि त्यस क्षेत्रका अगुवाहरूको सक्रियतामा ढिकुरपोखरीमा महायज्ञ लगाई स्थानीय काउनडाँडामा १४ रोपनी बढी जग्गा खरिद गरिएको थियो।






प्रतिक्रिया राख्नुहोस्