पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

कञ्चनपुर- पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगरस्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ । विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरि विभागले सुचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.