मोदी आधारभूत विद्यालय पुरियो, २ जना घाइते

कास्की- शनिबार राती परेको अविरल वर्षा सहितको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका ८ चिम्रोङ स्थित मोदी आधारभूत विद्यालय पुरेको छ ।

पहिरोमा परी विद्यालयका तीनवटा भवनमा क्षति पुगेको छ । त्यहाँ भवनसँगै फर्निचर, ल्यापटप, कम्प्युटर, दराज, खातापाता सबै परिएको र करिव डेढ करोड बरावरको क्षति भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।

सोही पहिरोमा परी स्थानीय ६५ वर्षे मैताकुमारी गुरुङ र उहाँका छोरा आइतराम घाइते हुनुभएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोले मैताकुमारी र उहाँकी दिदीको अस्थायी घरमा पूर्ण क्षति पुर्याउदाँ उहाँहरु अहिले विस्ताथित हुनुपरेको छ । आइतबार विहान विद्यालय माथि रहेको कुटुमको डिलबाट पहिरो खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.