स्याङ्जामा चिज उत्पादन फस्टाउँदो

स्याङ्जा- वैदेशिक रोजगारसँगै गाऊ छाड्नेको लहर बढिरहेको बेला गाउँघरमै बसेर पनि राम्रो आय आर्जनको काम गर्न सकिन्छ भन्ने उदाहरण स्याङ्जाका एक युवाले देखाएका छन् । गाउँमै बसेर केही फरक काम गरौँ भन्ने सोच सहित उनले सुरु गरेको बाख्रा फर्म र चिज उत्पादनले धेरैलाई प्रेरणा दिइरहेका छन् ।
समुद्री सतहदेखि एक हजार छ सय ६५ उचाइमा रहेको स्याङ्जाको भिर कोट नगरपालिका ८ ओकादीका दिल गुरुङलाई यतिखेर बाख्राको दूधबाट बन्ने चिज बनाउन भ्याई नभ्याई छ । वैदेशिक रोजगारसँगै गाऊ छाड्नेको लहर बढिरहेको बेला गाउँघरमै बसेर पनि राम्रो आय आर्जनको काम गर्न सकिन्छ भन्ने उदाहरण बनिरहेका छन् । उनले पालेका सानान जातका बाख्राबाट दैनिक १५ देखी २० लिटर दूध सङ्कलन गरी त्यसबाट चिज उत्पादन गर्दै आएका छन् ।
उनको बाख्रा फर्ममा अहिले ४० वटा बाख्रा रहेका छन् । गाउँबाट बसाई हिँड्नेको लर्को देखे पछि गाँउठाउँमै बसेर स्वरोजगार बन्ने उद्देश्यले दुध उत्पादनको लागी राम्रो मानिएको सानन जातको बाख्रा पाल्ने सोच आएको गुरुङको भनाई छ । जिल्लाको दुर्गम बस्ती मध्यको एक गाऊ ओकादीमा गुरूङ जातीको ५५ घर धुरी रहेका छन् । यहाँका अधिकाकाम्स मानिसहरू वैदेशिक रोजगारमा छन् ।
बाख्राको दूधबाट बनेको चिज स्वादिलो स्वास्थ्यवर्धक हुने भएकाले बजारीकरणमा समस्या नभएको कृषक दिल गुरुङको भनाइ छ ।
कृषि र पशुपालन मार्फत गाउँलाई आत्मनिर्भर तुल्याउने प्रचुर सम्भावना भए पनि वास्तविक किसानले सरकारबाट हुने सहयोग नपाउँदा व्यावसायिक खेती र पशुपालन गाउँमा फस्टाउन नसकेको देखिन्छ । बाख्रा पालन र यसको उत्पादनको बजारीकरणमा सहयोग हुने हो भने दिल गुरुङ जस्तै जिल्लाका अन्य किसानहरू पनि यसतर्फ आर्कषीत हुने थिए ।






प्रतिक्रिया राख्नुहोस्