एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ –  सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलममा बैठक सुरु भएको हो ।

बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रस्तावको सन्दर्भमा महासचिव शङ्कर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नवीकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरूको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूची रहेको छ । केन्द्रीय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रीय कमिटीले गर्ने बताइएको छ । बैठक सोमवार र मङ्गलवार गरी दुई दिन चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.