भारतको अनुदानमा शिक्षा र स्वास्थ्य क्षेत्रका पाँच परियोजना अघि बढ्ने

काठमाडौं– भारत सरकारको अनुदान सहयोगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइने भएको छ ।
परियोजना अगाडी बढाउने विषयमा काठमाडौंस्थित भारतीय दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायबीच आज सम्झौतापत्रमा हस्ताक्षर गरियो ।
करीब ३९ करोड रुपैयाँ लागतका यी परियोजनामध्ये धनुषा, पर्सा, अछाम र बारामा चार विद्यालय भवन तथा छात्रावास निर्माण गरिनेछ भने मनाङको नासोँ गाउँपालिकामा पाँच शैयाको अस्पताल निर्माण हुनेछ। यी संरचनाहरू निर्माण भएपछि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्य सेवामा सुधार हुने अपेक्षा गरिएको छ।
यी परियोजनाहरुको कार्यान्वयन नगरपालिका र गाउँपालिका सहित नेपाल सरकारका स्थानीय निकायहरु तथा संस्थाहरु मार्फत गरिनेछ ।
सन् २००३ यता भारतले नेपालभर ५७९ उच्च प्रभाव परियोजना अघि बढाएको छ, जस मध्ये ४९६ पूरा भइसकेका छन्। बाकी परियोजनाहरु विभिन्न चरणमा रहेका छन् । परियोजनाले भारत–नेपालबीचको निकट सहकार्य र जनस्तरमा सशक्तिकरणलाई थप मजबुत अपेक्षा गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्