रौतहटमा १ सय ३३ किलो गाँजा सहित एक कार बरामद, चालक फरार

 रौतहट  – रौतहट प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा सहित एक कार बरामद गरेको छ।

प्रहरीले आज बिहान गरुडा नगरपालिका -५ झाझपुल नजिकबाट नेपाली नम्बरको ब्रेजा कारबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट इलाका प्रहरी कार्यालय गरुडाको प्रहरीले एक क्विन्टल ३३ किलो लागू औषध गाँजा बरामद गरेको हो ।

गौर चन्द्रनिगाहपुर सडक खण्डमा चेकजाँचमा खटेका इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी हुइँक्याउँदै भागेका थिए। भाग्दै गरेको कारलाई प्रहरीले पछ्याउँदै जाँदा झाझपुल स्थित सडक छेउमा रहेको करिब २० फिट खाल्डोमा गाडी झारेर चालक फरार भएका थिए।

त्यसपछि क्रेनको सहाराले गाडीलाई खाल्डोबाट बाहिर निकालिएको थियो। बरामद गाडी हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको छ। गाडीबाट १ सय ३३ किलो लागू औषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताएका छन्।

बरामद गरिएको गाँजा र गाडी बारे अनुसन्धान भइरहेको तथा फरार चालकको खोजी कार्य जारी रहेको डिएसपी कार्कीले बताए। बरामद भएको गाडीको माध्यमले नै गाँजा कारोबारीको पोल खुल्ने छ। एका बिहानै ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेर गरुडा प्रहरीले ठुलो सफलता हात पारेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.