बाढीका कारण केरुङमा अड्किएका २०३ जना नेपाली फर्कंदै

रसुवा- बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल आउँदै छन् । चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चीनीयाँ समय अनुसार बिहान सात बजे चीनीयाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको बताउनुभयो ।

उहाँका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीहरु रहेका छन् । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाण्डौसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फ चीनियाँ सरकारले गरेको छ ।

जसमा फर्कनेमा सवारी चालक तथा बिरामी परेका र नियमित औषधी सेबन गरने र औषधि सकिएका गरि दुई सय तीन जना नेपालीहरु रहेको प्रमुख जिलला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो । गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।

बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.