गोरखामा कालो वेसारको खेती

गोरखा- औषधीय गुण भएको कालो बेसारका गोरखा सदरमुकाममा ब्यवसायिक खेती सुरु गरिएको छ । बि एण्ड बी कृषि तथा पशुपंक्षी फर्मले गोरखा नगरपालिका–९ को लक्ष्मी बजार क्षेत्रमा कालो बेसारको ब्यवसायिक खेती सुरु गरेको हो ।

फर्मले पहिलो पटक २९ रोपनी क्षेत्रफलमा पहिलो पटक ब्यवसायिक खेती सुरु गरेको सञ्चालक यादव बस्नेतले बताउनुभयो । ‘नेपालमा नै यति ठूलो क्षेत्रफलमा पहिलो पटक खेती गरिएको हो’ उहाँले भन्नुभयो ‘ब्यवसायिक रुपमा ठूलो क्षेत्रफलमा खेती गर्ने नै हामी हौ ।’

बस्नेतले राजधानीको बत्तिसपुतलीमा रहेको गोपाल एग्रो प्रालिबाट बिउ खरिद गरेर खेती गरेको बताउनुभयो । २९ रोपनी क्षेत्रफलमा सात सय किलो बीउ २३ हजारको हाराहारीमा बोट उत्पादन भएको उहाँको भनाई छ ।

सम्झौता अनुसार बेर्ना लगाउनेदेखी उत्पादन हुँदासम्म प्रत्येक महिना प्राविधिक निरिक्षण र रोगको उपचार तथा उत्पादन भएको सबै बेसार खरिद गर्ने सहमती भएको सञ्चालक बस्नेतले बताउनुभयो ।

कालो बेसारमा ३० खालका महत्वपूर्ण तत्वहरु पाइन्छ । खासगरी यो बेसारमा कम्फ्होर २८.३, ओसिमिन ८.२, टमेरोन १२.३, ब्रोनओल ४.४, कुर्मिन २.८२ र आर–कुर्मिन ६.८ प्रतिशत हुने गर्दछ ।

यो बेसार आर्युवेदिक र एलोपेथिक औषधी उत्पादनमा प्रयोग हुने गर्दछ । डन्डीफोर, घाउ, चिलाउने रोगहरुको औषधीमा प्रयोग हुने गर्दछ । माईग्रेन हुनेहरुले २ देखी ४ थोपा रस नाकमा हालेमा रोग सन्चो हुने बताइएको छ ।

त्यसका अलावा ग्याट्रिक, लेप्रोसी, ज्वरो, खटिरा, दम, दात दुखेको र फोक्सोको समस्या भएकाहरुले प्रयोग गर्ने औषधीमा समेत कालो बेसार प्रयोग हुने गर्दछ ।

उत्पादनमा पुरै एक बर्ष लाग्ने कालो बेसार बस्नेतले उक्त क्षेत्रफलबाट ८ देखी १० हजार केजी उत्पादन हुने अनुमान गरेको बताउनुभयो । विश्व बजारमा राम्रो मूल्य रहेको कालो बेसार पहिलो पटक भारतमा देखिएको थियो । अहिले यो विश्वभर फैलिएको छ ।

‘जिन्जिबेरी फेमिली’को यो कालो बेसार जंगली जडिबुटीको रुपमा चिनिन्छ । यो भारत र नेपालको ओसिलो जंगलमा अहिले पनि सहजै देख्न सकिन्छ ।

यसका कोषहरु कालो हुने भएका कारण यसलाई कालो बेसार भनिएको हो । एउटा बोटमा सामान्यतया १० देखी २० वटासम्म पात हुने र बैजनी रातो रेखाहरु देखिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.