रुकुमपूर्वको सदरमुकाम रुकुमकोट रहने सरकारको निर्णय

काठमाडौँ- सरकारले रुकुम पूर्वी जिल्लाको सदरमुकाम रुकुमकोट रहने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिनुभएको हो ।

बैठकले नेपाल स्काउट सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।

त्यसैगरी विद्युत ट्रान्समिशन तथा वितरण आयोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने सय मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै जापानको ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने निर्णय गरेको छ ।

बैठकले मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाको चौथौ महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन कोशी प्रदेशका सांसद परशुराम खापुङलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गुरुङले जानकारी दिनुभयो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.