काँग्रेस अझ एकताबद्ध भएर अघि बढ्छ: सभापति देउवा

धादिङ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पार्टी अब एक भएर अघि बढ्ने बताउनु भएको छ ।

धादिङ काङ्ग्रेसका संस्थापक सभापति भरत प्रसाद उप्रेतीको १३ औं दिनको श्रद्धाञ्जली सभामा धादिङको धुनीवेशीमा बोल्दै सभापति देउवाले धादिङबाट काङ्ग्रेस एक भएर अघि बढ्ने सन्देश दिनुभएको हो ।

सभापति देउवाले अहिलेको संविधानमा समावेशिताका हिसावले उत्कृष्ट रहेको तर संविधानले अवलम्बन गरेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत ल्याउन कठिन हुने उल्लेख गर्नुभयो ।

तर यस्तो अवस्थामा पनि सबै एकजुट भएर अघि बढे काङ्रेसले बहुमत ल्याउन सक्ने उहाँको भनाइ थियो।

बहुमत ल्याउनको लागि सबै एकजुट हुन र मेहनत गर्न पनि सभापति देउवाले सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.