राष्ट्रिय विभूति भीमसेन थापाप्रति श्रद्धाञ्जली

काठमाडौं- नेपालका राष्ट्रिय विभूति एवं प्रथम कमाण्डर इन चिफ भीमसेन थापाको २५१औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यसैक्रममा काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली तथा सम्मान अर्पण कार्यक्रम गरिएको छ । त्यसबखत नेपाली सेनाले स्वर्गीय थापाप्रति सम्मान अर्पण गर्‍यो । समारोहमा विभिन्न क्षेत्रका व्यक्तिहरुले भीमसेन थापाका योगदानहरुको स्मरण गर्नुभयो ।

भीमसेन थापाले नेपाली सेनाको आधुनिकीकरण र तत्कालीन समाज सुधारमा गरेका कामहरुका बारेमा उहाँहरुले धारणा राख्‍नुभएको थियो । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.