पार्टी सदस्य हुनबाट बन्चित गराउन मिल्दैन: पूर्वराष्ट्रपति भण्डारी
'यो पार्टी बनाउन म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना र मिहिनेत लागेको छ'

काठमाडौ- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई पार्टी सदस्य हुनबाट बन्चित गराउन नमिल्ने धारणा राख्नु भएको छ । एमाले पार्टीमा आउन रोक लगाएको सम्वन्धमा शुक्रबार पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारीले पार्टी प्रतिको आस्था, सिद्धान्त र नीतिहरु प्रतिवद्धता हुँदा हुँदै पार्टी सदस्य हुनबाट बन्चित गराउन कदापी पनि नमिल्ने बताउनु भएको हो । राष्ट्रपति हुँदा समेत आफ्नो पार्टी सदस्य रहि रहेको भनाइ उहाँको छ । पत्रकार सम्मेलनमा पूर्व राष्ट्रपति भण्डारीले बाचन गरेको वक्तव्यको पूर्णपाठ ।
नेकपा एमालेमा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढड्गले आमसञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। मुलुकको एक जिम्मेवार नागरिक भएको नातालेमेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु।देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदेआएको केही महिनापछिदेखि ने आमसञ्चारमाध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाटमेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो।विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रीय राजनीतिकपरिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन् गरदै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाड़ि बढ़ाउने र नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराउने कुरा गदैं आएको थिएँ। जब म पार्टीमा आबद्ध बनेर ने अगाडि बढ़ने टुडूगोमा पुरमें, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरें।
मैले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिंदै मेरो पार्टी सदस्यतानवीकरणका बारेमा सञ्चार माध्यमले बाहिर ल्याए। अब यस्तो परिवेशमा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा चुपचाप रहनु उपयुक्त हुँदैनथ्यो। सदस्यता नवीकरण गर्नुको औचित्य पनि नेकपा ९एमाले०मा आबद्ध भएर अगाडि बढ़नु नै थियो। यसै विषयलाई मध्यनजर गर्द मैले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औ जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममाआफूले नेकपा ९एमाले०को सदस्यता नवीकरण गरेको सार्वजनिक गरीकन पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुनेसङ्कल्प गरेको कुरा सबैलाई जानकारी गराएको थिएँ।
हालैका दिनमा नेकपा ९एमाले० को केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा मेरो पार्टी सदस्यता नवीकरणको विषयमा छलफलभएको कुरा सञ्चार माध्यमका समाचार, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएँ। मेरोपार्टी सदस्यताको विषयमा पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन नेकपा ९एमाले०को केन्द्रीय कार्यालयमा पार्टी अध्यक्षतथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरा बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल समेत भएको थियो।त्यसो त यसभन्दापहिले पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा मेरो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक पटक कुरा हुँदैआएको थियो।
मैले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा आफूले विधिसम्मत ढङ्गले पार्टी सदस्यता नवीकरण गरेको र यसके आधारमा पार्टीमाआबद्ध भएर कार्य गर्नेविषयमा समेत छलफल गरेको थिएँ। यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरणनगरेको कुरा पार्टीले गरेका निर्णयहरूबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएँ। वास्तवमा मेरो पार्टी सदस्यता नवीकरण भैसकेकालेयसलाई विवादमा पार्नुपर्ने विषय नै होइन।
म एक राजनीतिक व्यक्ति भएकाले ने राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनीदेश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन। यो संवैधानिक अधिकार मात्र होइन, बरु मराजनीति गरेर, पार्टीको नेता भएर ने राष्ट्रपतिमा निर्वाचित भएको हुँ आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर ने देश र जनताकोसेवामा समर्पित हुने निर्णयमा पुणेको हूँ। कुनै पदप्रति लालसा, महत्वाकाङ्क्षार आशक्ति म मा छैन। किनकी, मैले राष्ट्रके सर्वोच्चपदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु। मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्धबनाउने र राजनीति मार्फत देश र जनताको सेवा गर्ने ने हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडिबढ़ाउने नै हो।ने
पालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेकोछ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीं कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसकने अवस्था छैनयो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो। जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँगआत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हने गरी पार्टी सदस्य हुनबाट मलाई बञ्चित गर्नुपर्ने कुनै कारण छैन।
यस सन्दर्भमा, नेपालको संविधान, ऐन कानन र पार्टीको लोकतान्त्रिक मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर राजनीतिमा संलग्नहुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई सङ्कुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखित तुल्याएको छ। इस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ। आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिएता पनि वास्तविकतालाई सधै छोप्न सर्किदैन। विषद् छलफल गरिकन विवेकसम्मतढङ्गले निर्णय लिनु पर्दछ भन्ने जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्म पनि यही हो।
पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुन सक्दैन।म राष्ट्रपति हुँदा ने पार्टी सदस्य भएको पैंतीस वर्ष भइसकेको थियो। अहिले पार्टी सदस्य भएको पैंतालिस वर्ष बितिसकेका छन्।त्यसैले, पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन।
यो पार्टी बनाउन म लगायत हजारों नेता, कार्यकर्ता र सदस्यको रगत, पसीना, मिहिनेत लागेको छ। यो कुरा म यहाँ कुनैभावनामा बगेर गरिरहेको छैन। बरु हाम्रो पार्टीका असल परम्परा, मूल्य एवं आदर्शलाई आधार मानेर बहुत शान्त र गम्भीर भएर मयी कुराहरू राखिरहेको छु। यस आधारमा, जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न मदेशभरका सबै एमाले पङ्तिमा आग्रह गर्दछु। मेरो यो आग्रह र सङ्कल्प अन्तरआत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित
हुने छैन। त्यसैले, म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, दुक्क र दृढ़ भएर पार्टीका मूल्यहरुलाई आत्मसात गर्दी पार्टी निर्माणमा सक्रियहुन समेत हार्दिक आव्हान गर्दछु।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद९जबज०प्रतिको नेकपा९एमाले० का नेता, कार्यकर्ता र आम सदस्य एवम् सम्पूर्ण जनसंगठनमा आबद्ध सबैको गहिरो आस्था, विश्वास र निष्ठाले ने आज हाप्रोपार्टीले यो सफलता हासिल गरेको हो। नेपाली माटोको सुवासमा विकसित भएको जबजको मार्गदर्शनमा नै एमाले निर्णायक राष्ट्रिय
शक्ति बन्ने र मुलुकमा दिगो राजनीतिक स्थायित्व कायम भएर समाजवादको आधार निर्माण हुनेछ। हामी ऐतिहासिक सफलतातर्फउन्मुख बनिरहेको यस्तो महत्वपूर्ण घडीमा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढबनाउनुपर्ने दायित्व हाग्रै हो।
यसका निम्ति हामी सबैको निष्ठायुक्त र निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुन सक्दा जननेता मदन भण्डारीको विचारलाई कार्यान्वयन गरेर देशलाई समुन्नत बनाउन सकिनेछ।
विद्यादेवी भण्डारी
पूर्व उपाध्यक्ष, नेकपा एमाले






प्रतिक्रिया राख्नुहोस्