बागमती प्रदेशका कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

मकवानपुर- बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्। सरकारमा रहेको कांग्रेस पक्षभित्रको आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्।
बागमती सरकारमा नेपाली कांग्रेसका तर्फबाट आठ जना मन्त्री रहेका छन्, जसमा स्वयं मुख्यमन्त्री बहादुरसिंह लामा पनि सामेल छन्। मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता लामालाई पदबाट हटाउने उद्देश्यसहित मन्त्रीहरूले राजीनामा दिएका हुन्। पार्टीभित्र लामाविरुद्ध असन्तुष्टि बढेसँगै नयाँ नेतृत्व चयनको तयारी थालिएको हो।
यसै सन्दर्भमा कांग्रेस सांसदले लामालाई हटाउने मागसहित हस्ताक्षर बुझाउने तायरी समेत गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्