मुख्यमन्त्री बहादुरसिंहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेश- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन २१ जना प्रदेशसभा सदस्यले काग्रेस संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसदीय दलका सचिब कृष्ण तामाङलाई २१ जना सांसदहरुको हस्ताक्षर सहितको अविश्वासको प्रस्ताब बुझाएका हुन। संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले सर्वसाधारणको अपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष सहित आज दिउसो मात्र काग्रेसबाट सुरकारमा गएका ४ जना मन्त्रीले राजीनामा दिएका थिए ।

राजीनामा बुझाउनेमा मन्त्रीहरु सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन, बिमल ठकुरी र मदु कुमार श्रेष्ठ रहेका छन् । ३७ जना प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ । बहुमत सदस्यहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताब दर्ता भएको हो । यसअघि ईन्द्र बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता बन्नु भएको थियो ।

लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत पाउनुभएको थियो । यसअघि विश्वासको मत दिएका बहुमत सांसदहरुको विश्वासलाई दलको नेताले कायम राख्न नसेकेको भन्दै पुनः संसदीय दलको नेता चयन प्रकृया अघि बढेको र केही दिनमै यसको छिनोफानो हुने प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका अध्यक्ष ईन्द्र बानियाँले बताउनुभयो ।

संसदीय दलको कार्यालयमा कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा सांसदहरूको बैठक बसेको थियो । बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो । प्रदेश सरकारले आव २०८२÷८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्काे विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.