सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस चितवनका पूर्वसभापति एवं नेपाल सरकार गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनको खबरले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको बताउनुभएको छ ।
स्वर्गीय गुरुङले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले स्वर्गीय गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
प्रजातन्त्र सेनानी, शिक्षाप्रेमी, समाजसेवी एवं निष्ठावान् व्यक्तित्व गुरुङको आज बिहान ८ः४५ बजे ७६ बर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ । गुरुङको पार्थिव शरीरलाई भोलि बिहान ११ः१५ बजे उहाँको निवास भरतपुर महानगरपालिका वडा नं २६, दिव्यनगरबाट देवघाटधाममा लगेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.