प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा वृक्षारोपण

काठमाडौँ– नेपाल प्रहरी र रोटरी इन्टरनेसनको संयुक्त पहलमा राजधानी काठमाडौँको कपनमा ५ सय फलफूलका विरुवाहरु रोपिएको छ।

नेपाल प्रहरीको बिशेष कार्यदल कपन र रोटरी इन्टरनेशनल अन्तर्गतका विभिन्न ८ क्लबको संयुक्त आयोजनामा सनिवार कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको परिसरमा फलफूलका बिरुवाहरु रोपिएको हो ।

परिसरमा ओखर, तेजपात, लप्सी, स्याउ, कागती, सुन्तला, जुनार, नासपाती लगायतका १६ जातका ५ सय ५० बिरुवा रोपिएको छ ।

वातावरण संरक्षणका अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रममा  ३०० जना बढीले  सहभागिता जनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.