देशभर पिउने पानी निःशुल्क हुन्छ : खानेपानी मन्त्री प्रदीप यादव

 

पाल्पा- खानेपानी मन्त्री प्रदीप यादवले स्वच्क्ष पिउने पानी नेपालभर निःशुल्क गर्ने दाबी गर्नुभएको छ ।

आज तानसेन खानेपानी उपभोक्ता समितिको १० औँ वार्षिक साधारण सभाको पाल्पामा उद्घाटन गर्दै खानेपानी मन्त्री यादवले नेपालभर खानेपानी निःशुल्क गर्न आवश्यक रहेको बताउनु भयो ।

अहिले खडेरीका कारण तराई मधेसमा देखिएको खानेपानीको हाहाकारलाई तत्काल समाधान गर्न खानेपानी मन्त्रालय विशेष योजना

बनाएर अगाडी बढाएको जानकारी समेत दिनुभयो ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री यादवले अहिलेको गठबन्धन सरकार विघटन हुन्छ भनेर गरिएको हल्ला निराधार रहेको भन्दै पर्याप्त वर्षा नहुँदा देखिएको खानेपानी र सिँचाइको समस्या तत्काल समाधान हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.