विशेष परिस्थितिमा प्रधानमन्त्रीबाट प्राप्त जिम्मेवारी पुरा गर्छु: सामान्य प्रशासन मन्त्री न्यौपाने

तनहुँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विशेष परिस्थितिमा प्रधानमन्त्रीबाट प्राप्त जिम्मेवारी पुरा गर्न हरदम लागिपर्ने बताउनुभएको छ । आफ्नो गृह जिल्लामा एमाले जिल्ला कमिटी तनहुँद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले सो भनाई व्यक्त गर्नुभएको हो । “यस अघि पार्टीले खटाएको हरेक जिम्मेवारी पुरा गर्दै आएको थिए विशेष परिस्थितिमा प्रधानमन्त्रीबाट प्राप्त जिम्मेवारी सफलतापूर्वक गर्छु,” उहाँले भन्नुभयो ।

मन्त्रीबाट बिदा हुँदा आफू बेदागका साथ बिदा हुने न्यौपानेको भनाई छ । आफ्नो मन्त्रालयमा कुनै पनि किसिमको अनियमितता र भ्रष्टाचारको गन्ध आउन नदिने उहाँले बताउनुभयो । आफू मन्त्रीमा सफल हुनु भनेको नेकपा एमाले तनहुँ सफल हुने भन्दै मन्त्री न्यौपानेले आफूलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्न आग्रह गर्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष हरिराज कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो । त्यस्तै मन्त्री न्यौपानेलाई तनहुँ उद्योग वाणिज्य सङ्घले बधाई तथा सम्मान कार्यक्रम गरेको सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.