ट्र्याक खोलको ३३ बर्ष पछि ४०० मिटर सडक कालोपत्रे

गोरखा – गोरखा–आँबुखैरेनी सडक सँग जोडिएको मझुवा–बैटारी–हटीयाँ सडकमा ट्र्याक खोलेको ३३ वर्षपछि कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–१३ मा पर्ने उक्त सडक खण्डमा पहिलो पटक ४०० मिटर कालोपत्रे सम्पन्न भएको वडाध्यक्ष मित्रा परियारले जानकारी दिए ।
ट्रक खोलेको ३ दशक पछि गाउँमा कालोपत्रे हुँदा खुसी लागेको उहाँले बत्ताउनुभयो । ‘बिक्रम सम्वत २०४९ सालमा खोलिएको ट्रकमा पहिलो पटक कालोपत्रे भएको देख्न पाइयो’ उहाँले भन्नु भयो‘वडामा नै पहिलो पटक कालोपत्रे देख्न पाउदा आफू सहित गाउँले खुसी भएका छन् ।’
उक्त सडकमा यस अघि नै कालोपत्रे कोलागि टेन्डर आव्हान भएर काम भएको भएता पनि ठेकेदारको लापर्वाही अहिलेसम्म कालोपत्रे हुन सकेको थिएन । अहिले गरिएको कालोपत्रे भने नेपाली काँग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तको सांसद विकास कोषबाट भएको उहाँले जानकारी दिनुभयो ।
आफुले निर्वाचनको बेला पनि उक्त सडक खण्डमा कालोपत्रे गर्ने बाचा गरेको सम्झना गर्दै वडाध्यक्ष परियारले भन्नु भयो ‘पुरै गर्दा ७ किलो मिटर होला तर सुरुवात भएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिइने छ ।’
गाउँमा सडक कालोपत्रे भएको देखेर स्थानीय विक्रम मल्ल पनि खुसी देखिनुहुनथ्यो । जलदेवी बनदेवी टोल विकास संस्थाका अध्यक्षसमेत रहेका मल्लले बाटो कालोपत्रे भएपछि स्थानीयले उत्पादन गरेको तरकारी र मासुजन्य पशुपन्छी बजारसम्म लान सहज हुने बताउनुभयो ।
साना शहरी विकास कार्यालय कास्की अन्तरर्गत भएको उक्त काम चिराग कन्ट्रक्सनले गरेको होे । ९६ लाख ४३ हजार ६२४ रुपैयाँ ५० पैसाको बजेट बिनियोजन भएको भएपनि ठेकेदार कम्पनीले ६६ लाख ३५ हजार ९३९ रुपैयाँ ५ पैसामा कबोल गरेर काम सम्पन्न गरेको ५ ।
कन्ट्रक्सनले मझुवा–बैटारी–हटीयाँ खण्डमा ४०० मिटर कालो , ७५ मिटर ढलान र ५०० मिटरभन्दा बढी नाला निर्माण गरेको छ ।
सडक कालोपत्रे भएसंगै १३ नम्बर भित्रका फेदीटोल, दराई गाउँ, जै कोट, सातदोबाटे, बैटारी, यु खर्क, पसैथोक, सुनारगाउँ, तल्लो हटिया, मनमस्ता, दमाई गाउँ, कामी गाउँ, सिमल थुम्की, ढकाल गाउँ, बेलघारी, ठिंमुरे र वडा नम्बर १४ को उपल्लो हटिया, कोट गाउँ, छाँकु र प्यूघर गाउँका बासिन्दालाई सहज हुने अनुमान वडाध्यक्ष परियारले गरेकी छिन् ।






प्रतिक्रिया राख्नुहोस्