राउचुली हुँदै गोसाईंकुण्ड जाने बाटो निर्माण

तादीमा दुई बाटो कालोपत्रे

नुवाकोट-  नुवाकोटको पूर्वी भेगमा रहेको तादीमा दुई वटा मोटर बाटो निर्माण गरिएको छ । जसमध्ये राउचुली हुँदै गोसाईंकुण्ड जाने बाटोसमेत रहेको छ ।

तादी गाउँपालिका ४ स्थित  सातबिसेबाट बाघमारा– माला भन्ज्याङ  हुँदै राउचुली जाने बाटो निर्माण गरिएको छ । तादी गापा र बागमती प्रदेश सरकारको कुल दुई करोड ५० लाख रुपैयाँका लागतमा सो बाटो निर्माण गरिएको हो ।

जसमध्ये दुई किलोमिटर सडक खण्ड कालोपत्रेसमेत गरिएको तादी गापाले जनाएको छ । यसबाट ग्रामीण भेगका हजारौँ सर्वसाधारणलाई सुविधा पुगेको तादी गापा अध्यक्ष सन्तमान तामाङको भनाई छ ।

यसका साथै तादी गापा ३ खरानीटारदेखि डांडागाउं टुटुङ दोर्खुपुल काल्चे  गैरी खर्क हुँदै राउचुली गोसाईंकुण्ड जाने गाउँ सडक योजना अन्तर्गत खरानीटार देखि जोगिगुफा हुँदै रिमालडांडा सम्मको भाग आस्फाल्ट कालोपत्रे गरेर सकिएको छ । सो सडक दुई करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.