काभ्रेको बालुवास्थित नयाँ गाउँ जग्गा विकास आयोजनामा वृक्षरोपण

काभ्रे– लिजेन्ड्स् प्रोपर्टी र हिमालयन बैंकको संयुक्त आयोजनामा काभ्रेको बालुवास्थित नयाँ गाउँ जग्गा विकास आयोजनामा वृक्षरोपण गरिएको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रमले वातावरण संरक्षण र परियोजनाको सौन्दर्य वृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पाँचखाल नगरपालिकाका मेयर रमेश खरेलले नगरपालिकाका तर्फबाट व्यवस्थित सहर निर्माणका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउँदै, संघ संस्थाहरुको यस अभियानले स्थानीय बासिन्दा र वातावरण दुवैलाई लाभ पुर्याउने बताउनुभयाे ।
हिमालयन बैंकका डीसीईओ अनुप मास्केले लिजेन्ड्स् प्रोपर्टीसँग सहकार्य गरेर बृहत् वृक्षरोपण अभियान सञ्चालन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनु भयो ।
कार्यक्रममा हिमालयन बैंकका कर्पोरेट क्रेडिट प्रमुख सुनील गोर्खाली, रिटेल क्रेडिट प्रमुख जयन्द्रविक्रम शाह, बागमती प्रदेश प्रमुख शंकर जोशी, सूर्यविनायक शाखा प्रमुख सुनील सापकोटा तथा भक्तपुर, बनेपा र पनौती शाखाका प्रमुखको सहभागिता थियो ।






प्रतिक्रिया राख्नुहोस्