गोरखाको अवरुद्ध बिधुत साँझ सम्म सुचारू हुने

गोरखा – हिजो राती देखी परेको झरीका कारण गोरखाको विद्युत् अवरुद्ध भएको छ । आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउने १३३ केभिएको मुख्य पोल ढलेका कारण बिहानै देखी बिद्युत् अवरुद्ध भएको हो ।

गोरखा नगरपालिका–६ को कारागार पछाडि रहेको पोल झरीका कारण बिहान ८ बजेतिर ढलेको नेपाल बिद्युत् प्राधिकरण, गोरखा वितरण केन्द्रका प्रमुख चिज बहादुर गुरुङले बताउनुभयो ।
उहँका अनुसार ढलेको पोल उठाउने प्रयास भइरहेको भए तापनि पानी पहिरेकाले काममा समस्या भएको छ । पोल उठाएर डबल सर्किट लाइन बनाएर मात्र बिद्युत् सुचारु हुने गुरुङले जानकारी दिए ।
गोरखा वितरण केन्द्रमा आउने मुख्य लाइनको पोल नै ढलेका कारण बुंकोट, नयाँ बजार, महेन्द्र ज्योति र छेवेटार सहितको ४ वटै फिडरबाट वितरण हुने बिद्युत् अवरुद्ध हुँदा करिब १६ हजार घर प्रभावित बनेको छ ।
प्रमुख गुरुङले तनहुँबाट ठाँटी पोखरी हुँदै सिरान चोक फिडरमा पुगेको बिद्युत् छेवेटारसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो । उक्त लाइन छेवेटारसम्म सञ्चालनमा आएमा दिउसो नै गोरखा बजार क्षेत्रको बिद्युत् भने सुचारु गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.