पानीको जारमा कीटाणु भेटिएपछि ‘एक्सनमा’ उत्रियो चाँगुनारायण नगरपालिका

भक्तपुर –  भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा सञ्चालन भइरहेका ५ वटा खानेपानी कम्पनीमा कोलिफार्म भेटिएपछि नगरपालिकाले अनुगमन तीव्र पारी पानी बिक्री वितरणमा रोक लगाएको छ ।

नगरपालिकाको वडा नं। ३ झौखेल स्थित सञ्चालनमा रहेका पाँच वटा खानेपानी उद्योगलाई पानी बिक्री वितरण गर्न रोक लगाएको हो । मानव स्वास्थ्यमा खेलबाड गर्ने जोकोहीलाई कडा कारबाही गरिने उपमेयर रमेश बुढाथोकीले बताउनु भयो । खानेपानीको जारमा दिशामा पाइने जीवाणु भेटिएपछि जारको पानी बिक्री वितरणमा रोक लगाउँदै उद्योगमा ताल्चा लगाइएको एक कर्मचारीले बताउनु भयो । अनुगमन समितिका संयोजक बुढाथोकी अध्यक्षतामा बसेको समिति बैठकले पाँच वटा खानेपानी उत्पादन कम्पनीलाई पानी बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ । खानेपानी उत्पादन कम्पनीहरूमा आकस्मिक अनुगमन तीव्र  पार्दै अनुगमन टोलीले एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ्ग वाटर प्रालि, एक्वाराज पानी, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालि जय छुमागणेश र कर्णाली मिनरल वाटर प्रालीका पानी उद्योगमा कडा नजर राखेको छ ।

अनुगमनका क्रममा ५ वटा कम्पनीले सोमवार भित्र ल्याब टेस्ट रिपोट नगरपालिकामा पेस गरिसक्ने भनेको छ । पुन पानी परीक्षण गरेपछि मात्रै बिक्री खुल्ला गर्न सकिने अवस्था आउने उपप्रमुख बुढाथोकीले बताउनुभयो । खानेपानीको उत्पादनमा धेरै समस्या देखिएको, खानेपानीको गुणस्तरमा कैफियत भेटिएको र पानीको शुद्धतामासमेत ध्यान नदिएको पाएपछि सोही दिन पानीको नमुना सङ्कलन गरी ल्याबमा पठाएको थियो । रिपोर्टमा ती कम्पनीले बिक्री गरिरहेको खानेपानीको शुद्धता नरहेको , पिउनका लागि योग्य नरहेको, मानवीय स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कोलिफार्म उच्च मात्रामा भेटिएको नगरपालिकामा उपप्रमुख बुढाथोकीले बताउनु भयो ।
झौखेलमा उत्पादित खानेपानी भक्तपुर जिल्लामा मात्रै नभई काठमाडौँ उपत्यकाभरि बिक्री वितरण हुने गरेको छ । तर यहीको पानीमा ल्याब परीक्षामा कैफियत देखिएपछि नगरपालिका एक्सनमा उत्रिएको उपमेयरको भनाई छ । स्थलगत अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार नभएको, कतिपय उद्योगले दर्ता नगरेको र उत्पादन स्थल वरपर सर सपाइमा ध्यान नदिएको र सात दिनभित्र अनिवार्य रूपमा दर्ता एवं नवीकरण गराउन चेतावनी दिएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.