स्याङ्जामा दर्जनौँ विद्युतीय सवारी चार्जिङ स्टेसन  

स्याङ्जा –  इन्धनमा आधारित सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन प्रदूषणरहित र वातावरणमैत्री हुने भएकाले यसको लोकप्रियता बढ्दै जान थालेको छ । राजमार्गमा विद्युतीय सवारी साधन बाक्लो चल्न थालेसँगै स्याङ्जामा पछिल्लो समय धमाधम विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

लामो तथा छोटो दुरीका लागी सिद्धार्थ राजमार्ग हुँदै दैनिक एक सयभन्दा बढी विद्युतीय सवारी साधन चल्न थालेसँगै स्याङ्जामा धमाधम चार्जिङ स्टेसन खुल्न थालेका हुन । इन्धनमा आधारित सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन प्रदूषणरहित र वातावरणमैत्री हुने भएकाले यसको लोकप्रियता बढ्दै जान थालेको छ । राजमार्गमा विद्युतीय सवारी साधन बाक्लिए सँगै ब्यावसायीहरुले सहजै सवारी चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन सञ्चालन गरेका हुन । स्याङ्जा जिल्ला अन्तर्गत ७९ किलोमिटर सिद्धार्थ राजमार्गमा ब्यावसायीले दर्जन भन्दा बढी चार्जिङ स्टेसन संचालमा रहेका छन् ।  स्टेसन सँगै ब्यावसायीले होटल समेत सञ्चालन गरेका छन् । चार्ज गर्ने समय यात्रुले खाजा नास्ता खाने भएका कारण चार्जिङ स्टेसन सँगै होटल ब्यावसाय सञ्चालन गरेको व्यवसायी बताउँछन् ।

चार्जिङ स्टेसनको वृद्धि सँगै स्थानीयहरूले रोजगारी समेत पाएका छन् । जिल्लाको बल्पुक,गीरीङ्र्दी,वालीङ ,पुतलीबजार,जैसीडाडा,बाडखोला लगाएतका क्षेत्रमा स्टेसन सञ्चालनमा आएका छन् ।

ब्याबसायीले सवारी चार्ज गर्दा एक पोईन्टको ७ देखि ९ रुपैयाँ लिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.