गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुई युवाको शव निकालियो

रसुवा- रसुवाको गोसाईंकुण्ड गाउँपालिका–०५ स्थित पवित्र तीर्थस्थल गोसाईंकुण्डमा आइतबार दिउँसो करिब ४ बजेतिर डुबेर बेपत्ता भएका दुवै जनाको शव कुण्ड बाट निकालिएको छ ।
नेपाली सेना नेपाल प्रहरीको उद्धार टोली हिजो राती नै घटनास्थल तर्फ पुगी परिचालिन गरिएको थियो ।
आज बिहान ७ः३० बजेबाट सुरु गरिएको उद्धार कार्यमा निरन्तर प्रयास गर्दा पानी परिरहेको कठिन परिस्थितिका बिच पनि बिहान १०ः०५ बजे दुवै जनाको शव कुण्डबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उनीहरूको शव अहिले पोस्टमार्टमका लागि सदरमुकाम धुन्चे ल्याई पोस्टमार्टम पश्चात् आफन्तलाई बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । मृत्यु हुनेहरूमा जिल्ला मोरङको बेलबारी निवासी अन्दाजि २६ वर्षीय मनोज न्यौपाने र जिल्ला मोरङकै विराटनगर निवासी सुजन ढकाल रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्